काठमाडाै । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नीतिहरूप्रति असन्तुष्टि जनाउँदै काठमाडौँमा युवाहरूले प्रदर्शन गरेका छन्।
‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनमा सहभागीहरूले बहुराष्ट्रिय वित्तीय संस्थाहरूले अल्पविकसित तथा विकासोन्मुख देशहरूमा लाद्ने सर्तयुक्त ऋणको विरोध गरेका छन्।
जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूलाई ऋण नभई अनुदान र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै युवाहरूले सार्वजनिक सेवामा बजेट कटौती गराउने आईएमएफका नीतिहरूको आलोचना गरेका छन्। उनीहरूले वैदेशिक ऋणको भारबाट भावी पुस्तालाई जोगाउन न्यायपूर्ण अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको स्थापना हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया