काठमाडौं । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ।
सरकार गठनका क्रममा भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले आफ्ना चारै जना मन्त्रीलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
एमाले बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती थपिएको छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्ने भएकाले अब सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी र जनमत पार्टीको कदमले नयाँ सत्ता समीकरण तय गर्ने देखिएको छ।
कांग्रेसले भने अन्य दलहरूसँग छलफल नगरी एमालेले एक्कासि समर्थन फिर्ता लिनुलाई अस्वाभाविक भनेको छ।

प्रतिक्रिया