काठमाडौं । बडादसैँको समयमा बजारमा दैनिक उपभोग्य खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारण र विपन्न वर्ग गम्भीर मारमा परेका छन्।
जुनसुकै सरकार सत्तामा आए पनि चाडपर्वका बेला हुने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण हुन नसकेको भन्दै नागरिकहरूले आक्रोश व्यक्त गरेका छन्।
चामल, दाल, खानेतेल तथा तरकारीको मूल्य अचाक्ली बढाउँदा पनि नियमनकारी निकायहरूले कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्न सकेका छैनन्।
सरकारले सहुलियत पसल सञ्चालन गरेको दाबी गरे पनि त्यसको पहुँच आम विपन्न नागरिकसम्म पुग्न सकेको छैन। जसका कारण निम्न वर्गलाई दसैँ मनाउन धौ(धौ परेको छ।

प्रतिक्रिया