कारागारको चाप घटाउने र कसुरदार सच्याउदै सरकारी

कारागारको चाप घटाउने र कसुरदार सच्याउदै सरकारी


काठमाडौं । सरकारले दुई वर्ष वा सोभन्दा कम कैद सजाय भएका कसुरदारहरूलाई कारागारको सट्टा सुधारगृहमा राख्न सकिने व्यवस्था अघि बढाएको छ।
कम गम्भीर प्रकृतिका कसुरमा संलग्न व्यक्तिहरूलाई कारागारमा राख्दा अपराधतर्फ थप प्रवृत्त हुने जोखिम कम गर्न र उनीहरूलाई सामाजिक पुनर्स्थापनाको अवसर दिन यो व्यवस्था अघि बढाइएको हो।
अदालतले कसुरदारको उमेर, आचरण, र अपराधको परिस्थिति विचार गरी सुधारगृहमा पठाउने आदेश दिन सक्नेछ। यस व्यवस्थाले देशका कारागारमा रहेको अत्यधिक कैदीबन्दीको चाप कम गर्न र सजाय भुक्तान प्रक्रियालाई सुधारमुखी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।