गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको स्थानमा बेलिब्रिज जडान गरिएको छ।
असोज २५ गते आएको बाढीले पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो। त्यसपछि नेपाली सेनाले सोही स्थानमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याएको हो।
हाल बेलिब्रिजबाट मोटरसाइकल र पैदलयात्रीलाई आवतजावत गर्न दिइएको छ। बुधबारदेखि अन्य सवारीसाधनसमेत सञ्चालन गर्न सकिने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताए।
बेलिब्रिज जडान भएपछि गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ।

प्रतिक्रिया