दसैँमा चार फिल्मको भिडन्त पछि दीपकराज निराश’

दसैँमा चार फिल्मको भिडन्त पछि दीपकराज निराश’


काठमाडौं । चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले दसैँमा चारवटा चलचित्र प्रदर्शनमा आउनु धेरै भएको बताएका छन् । चलचित्रको संख्या बढे पनि हलका स्क्रिन नबढ्ने भएकाले एकै समयमा धेरै चलचित्र रिलिज हुँदा बक्सअफिसमा असर पर्ने उनको भनाइ छ ।
‘चलचित्र जति रिलिज भए पनि स्क्रिन त्यही हो । चारवटा चलचित्र एकैपटक आउँदा बक्सअफिसको आँकडा विभाजित हुन्छ,’ दीपकले भने, ‘दसैँमा दुईवटा चलचित्र प्रदर्शनमा आउनु उपयुक्त हुन्छ ।’
उनले चलचित्र क्षेत्रमा निःशुल्क टिकट बाँड्ने र जसरी पनि हल भर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । दर्शकलाई निःशुल्क टिकट उपलब्ध गराउने र घरमै टिकट पुर्‍याउने संस्कृतिले चलचित्रको वास्तविक व्यापारमा असर पार्ने उनको भनाइ छ ।
निर्माताले नै टिकट नकिन्ने प्रवृत्तिका कारण राम्रो चलचित्रले समेत हलमा पर्याप्त समय नपाउने समस्या रहेको उनले बताए ।
यो दसैँमा ‘१२ गाउँ–२’ र ‘आ बाट आमा–२’ असोज ३० गते, ‘छ माया छपक्कै–२’ असोज ३१ गते  प्रदर्शन आएका छन भने शुक्रबारबाट ‘कबड्डी–५’ प्रदर्शनमा आउन  लागेको छ ।