काठमाडाै । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले वर्तमान राजनीतिक नेतृत्व र समाजमा व्याप्त अहङ्कारमाथि कडा व्यङ्ग्य गर्दै गम्भीर सन्देश दिएका छन्। तरवारले छिन्ने भन्दा ऐनाले देखाउने सत्य ठूलो हुने उल्लेख गर्दै उनले शत्रु कुनै व्यक्ति नभई मानिसभित्रको घमण्ड भएको बताएका छन्।
“घमण्डले सत्यको शङ्ख बज्न दिँदैन,” भन्दै भण्डारीले परिवर्तन अरूबाट खोज्नुभन्दा पहिले आफूभित्रको अहङ्कार र घमण्डको शवमाथि उभिएर मात्रै वास्तविक रूपमा सुरु हुने दाबी गरेका छन्। सत्ता र शक्तिको मातमा रहेका नेताहरूका लागि उनको यो भनाइलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया