काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको अर्थपूर्ण भेटघाटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना विरोधी र आलोचकहरूलाई कडा चेतावनी दिएकी छन्।
आफ्नो धैर्यता र शिष्टतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले आफू परिस्थिति अनुसार ढल्किने नेता नभई परिस्थितिलाई नै आफ्नो पक्षमा बदल्न सक्ने सामर्थ्य राख्ने दाबी गरेकी छन्। प्रचण्डसँगको यो भेट र रञ्जिताको कडा राजनीतिक सन्देशले सत्ता तथा प्रतिपक्षीय समीकरणमा नयाँ हलचल र अड्कलबाजी सुरु गराइदिएको छ।

प्रतिक्रिया