देशभर मौसमी चक्रवातको वितण्डाः एनपिएल खेलसमेत सङ्कटमा

देशभर मौसमी चक्रवातको वितण्डाः एनपिएल खेलसमेत सङ्कटमा

धानबाली जोगाउन मङ्गलवारसम्मको समय


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म देशको मौसमी प्रणालीमा ठूलो फेरबदल आउने चेतावनी दिएको छ।
बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण बुधवारदेखि नेपालमा बदलीसँगै वर्षा हुने सम्भावना देखिएको छ।

मौसमविद् तथा कृषि विज्ञहरूले खेतमा पाकिसकेको धानबाली जोगाउन किसानहरूलाई आगामी मङ्गलवारभित्रै भित्र्याइसक्न कडा सुझाव दिएका छन्।
यस मौसमी बदलीले नेपाली किसानलाई मात्र नभई सुरु हुन लागेको नेपाल प्रिमियर लिग ९ल्एी० का खेलहरूसमेत प्रभावित बनाउन सक्ने खतरा बढेको छ।