३५ वर्षमा केही भएन भन्दै भ्रामक हल्ला फैलाइयो- माधव नेपाल

३५ वर्षमा केही भएन भन्दै भ्रामक हल्ला फैलाइयो- माधव नेपाल


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह(संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम गरेनन् भन्दै चलाइएको भाष्यप्रति कडा आपत्ति जनाएका छन्।
दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गरेर देखाउन सीधा चुनौती दिएका हुन्।
हावादारी र मनोगत आरोप लगाएर पुराना दलहरूलाई बदनाम गर्न नमिल्ने तर्क गर्दै नेता नेपालले २०४७ सालयता वामपन्थी तथा कम्युनिष्ट सरकारहरूले गरेका ऐतिहासिक कामहरूको विवरण नै सार्वजनिक गर्ने घोषणा गरेका छन्। तथ्य र तथ्याङ्कले पुष्टि भएमा आफूहरू कमजोरी स्वीकार्न तयार रहेको बताउँदै उनले विरोधीहरूलाई तथ्यको धरातलमा आउन आग्रह गरेका छन ।