काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय विश्व व्यवस्था भत्किँदै जाँदा त्यसको सीधा असर र ठूलो जोखिम नेपालमाथि परिरहेको चेतावनी दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दुई महिने जागरण अभियानको उद्घाटन गर्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति अत्यन्त चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।
रुस(युक्रेन, इजरायल(प्यालेस्टाइन, अमेरिका(इरानबीचको बढ्दो युद्ध र युरोपका आन्दोलनहरूले विश्वलाई नै तरङ्गित बनाएको उल्लेख गर्दै प्रचण्डले घरेलु र अन्तर्राष्ट्रिय असहज परिस्थितिको सामना गर्न नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया