काठमाडाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार किसान, मजदुर र आम श्रमजीवी जनताका आधारभूत समस्या समाधान गर्न पूरै असफल भएको आरोप लगाउनुभएको छ।
शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक प्रचण्डले देशमा बढ्दो महँगी, बेरोजगारी र किसान-मजदुरका समस्याप्रति सरकार बेखबर बनेको दाबी गर्नुभयो। उहाँले जनताको आँसु र उत्पीडनमाथि टेकेर बनेको वर्तमान सरकार लामो समय टिक्न नसक्ने चेतावनीसमेत दिनुभयो।
प्रचण्डले सरकारले दलाल र बिचौलियाहरूको हितमा मात्र काम गरिरहेको आरोप लगाउँदै किसान र मजदुरहरूको आक्रोशले चाँडै राजनीतिक रूप लिने र त्यसले सरकारको जगै हल्लाउने बताउनुभयो। उहाँले आफ्नो पार्टी सदैव किसान, मजदुर र उत्पीडित वर्गको पक्षमा सडकदेखि सदनसम्म कडा आन्दोलनमा उत्रिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया