रास्वपाका सांसद खगेन्द्र सुनारद्वारा अनुशासन आयोगमा लिखित इन्कारी पत्र

रास्वपाका सांसद खगेन्द्र सुनारद्वारा अनुशासन आयोगमा लिखित इन्कारी पत्र

सांसद सुनारको दाबी— ‘बोली मेरो होइन’; रास्वपाले थाल्यो प्राविधिक परीक्षण


 

काठमाडौ । एक महिलासँगको विवादास्पद टेलिफोन संवाद सार्वजनिक भएपछि विवादमा तानिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोग समक्ष लिखित इन्कारी पत्र बुझाउनुभएको छ। आयोगद्वारा गठित छानबिन समितिलाई पत्र बुझाउँदै उहाँले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र कृत्रिम बौद्धिकता ९ब्क्ष्० को प्रयोग गरी चरित्र हत्या गर्न खोजिएको दाबी गर्नुभएको हो।
अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सांसद सुनारले अडियो संवाद आफ्नो नभएको स्पष्ट पारेपछि समितिले स्वतन्त्र र प्राविधिक प्रमाणहरूको खोजी तीव्र बनाएको छ। सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएका कारण सुनियोजित रूपमा प्रविधि प्रयोग गरी काल्पनिक महिलासँगको संवाद सिर्जना गरेर आफूलाई फसाउन खोजिएको दाबी पत्रमा गर्नुभएको छ।

छानबिन समितिले घटनाको यथार्थ पत्ता लगाउन अडियो प्रसारण गर्ने ुजनआस्थाु बाट असम्पादित ९रअ० अडियो सङ्कलन गरिसकेको छ भने पीडित भनिएकी महिलाको अन्तर्वार्ता प्रसारण गर्ने ुन्युज २४ु सँग समेत श्रव्य सामग्री माग गर्दै पत्राचार गरेको छ।

संयोजक भट्टराईका अनुसार प्राप्त अडियोको प्राविधिक परीक्षण ९फरेन्सिक जाँच० आन्तरिक तथा आवश्यकता परे आधिकारिक सरकारी निकायमार्फत गराइनेछ। प्राविधिक जाँचको रिपोर्ट आएपछि मात्र सांसद सुनारलाई पुनः बयानका लागि बोलाइने समितिले जनाएको छ।

अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद सुनारलाई छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेको छ।