भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ ।
आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एकको उपचार भइरहेको छ भने एक जना बेपत्ता छन् । दुर्घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया