काठमाडौं । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको ऐरीगाउँ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का बैतडीसहित आसपासका अन्य जिल्लाहरूमा समेत स्पष्ट रूपमा महसुस गरिएको थियो। एक्कासि जमिन हल्लिएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। भूकम्पका कारण हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। भूकम्प मापन केन्द्रले सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।

प्रतिक्रिया