काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको पोखरा महानगरपालिकाको पुरानो मुख्य प्रशासनिक भवन भत्काएर जग्गा खाली गर्ने काम सुरु गरिएको छ।
भवन ध्वस्त भएपछि महानगरपालिकाले हाल पोखराको नयाँबजारस्थित एक भवनबाट सेवा प्रवाह गरिरहेको छ, जसका लागि जनताको करबाट मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा बुझाउनुपर्ने बाध्यता छ।
महानगरले आगजनीबाट कामै नलाग्ने बनेको भवन भत्काउन र त्यहाँबाट निस्कने कवाडी सामान बिक्री गर्न २३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
उक्त ठेक्काबापत ३ लाख रुपैयाँ महानगरको खातामा जम्मा भइसकेको छ भने भग्नावशेष हटाएर जग्गा पूर्ण रूपमा खाली गराउने काम तीव्र पारिएको छ।

प्रतिक्रिया