काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आगामी कात्तिक १२ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरिनेछ।
पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापाले यसअघि नै शपथ लिइसकेका भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ लिन बाँकी थियो।
महाधिवेशनको नतिजापछि अब कांग्रेसको नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएपछि राजनीतिक वृत्तमा यसलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया