न्यायमाथि प्रश्न उठ्नु देशकै ठूलो दुर्घटना होः चन्द्र भण्डारी

न्यायमाथि प्रश्न उठ्नु देशकै ठूलो दुर्घटना होः चन्द्र भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा। चन्द्र भण्डारीले देशको कानुन र न्यायप्रणालीको विभेदकारी प्रयोगप्रति कडा आपत्ति जनाएका छन्।
कानुन धनी र पहुँचवाला आफन्तलाई सुविधा दिने तथा गरिबलाई मात्रै सजाय दिने साधन बन्न नहुने भन्दै उनले विधिको शासन कायम राख्न जोडदार माग गरेका छन्।

धनी, गरिब, आफन्त र पराई सबैका लागि कानुन र न्यायको आधार समान हुनुपर्ने उल्लेख गर्दै नेता भण्डारीले अदालत र न्यायप्रणालीमाथि नै जनताको अविश्वास पैदा हुने अवस्था आउन दिनु नहुने चेतावनी दिएका छन्।
शक्ति र पहुँचका आधारमा हुने कानुनको दुरुपयोगले लोकतन्त्रको धज्जी उडाउने भन्दै उनले न्यायमा निष्पक्षता कायम गर्न आग्रह गरेका हुन्।