नेपाली कांग्रेसका सभापति गगन थापालाई पोखरामा भव्य स्वागत

नेपाली कांग्रेसका सभापति गगन थापालाई पोखरामा भव्य स्वागत


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा पोखरामा भव्य स्वागत ग्रहण गरेपछि सीधा स्याङ्जातर्फ प्रस्थान गरेका छन्।

स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेस्थित नवनिर्मित प्रसिद्ध मनकामना मन्दिरको विशेष समुद्घाटन तथा पूजाआजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन्।

कोजाग्रत पूर्णिमा मेला तथा मन्दिर समुद्घाटनको उपलक्ष्यमा बिरुवा गाउँपालिकाले आज स्थानीय सार्वजनिक बिदासमेत दिएको छ।

मन्दिर उद्घाटन पश्चात् सभापति थापाले कांग्रेस जिल्ला पार्टी कार्यालयमा नेता(कार्यकर्ताहरूसँग भेटघाट एवं सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।