काठमाडौं । यमनका इरान समर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व पुनः खतरनाक मोडमा पुगेपछि साउदीमा कार्यरत करिब पौने चार लाख ३ लाख ८४ हजार नेपाली कामदार तीव्र मानसिक तनाव र सुरक्षा जोखिममा परेका छन्।
हुथी विद्रोहीहरूले साउदीका विभिन्न क्षेत्रलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेपछि त्यहाँको सुरक्षा परिस्थिति एकाएक बिग्रिएको हो।
आक्रमणको जोखिम बढेपछि अमेरिका लगायतका पश्चिमी देशहरूले साउदीमा रहेका गैर(अत्यावश्यक कर्मचारीहरूलाई फिर्ता बोलाउन थालेका छन्।
तर, साउदीका विभिन्न औद्योगिक क्षेत्र, निर्माण स्थल र सहरहरूमा श्रम गरिरहेका ठूलो सङ्ख्याका नेपाली नागरिकहरू भने कसरी सुरक्षित रहने भन्ने अन्योलमा परेका छन्।
नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकको सुरक्षा सतर्कताबारे ठोस कदम चाल्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ।

प्रतिक्रिया