सामान्य झगडा, तर निर्दयी दाजुले आफ्नै भाइमाथि घाँटीमा छुरा प्रहार

सामान्य झगडा, तर निर्दयी दाजुले आफ्नै भाइमाथि घाँटीमा छुरा प्रहार


काठमाडौं । झापाको भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा सामान्य विवादका क्रममा दाजुले आफ्नै भाइमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

गएराति ३२ वर्षीय कुबराज हस्दाले ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गर्दा उनको घाँटीमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घाइते बाबुलालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। घटनापछि वारदातमा प्रयोग भएको छुरा बरामद गरी फरार रहेका अभियुक्त कुबराजलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।