महिला इन्जिनियरमाथि हातपात गर्ने इन्जिनियर भवेन्द्र चौधरी पक्राउ

महिला इन्जिनियरमाथि हातपात गर्ने इन्जिनियर भवेन्द्र चौधरी पक्राउ


सुनसरी । महिला इन्जिनियर एलिना अधिकारीमाथि हातपात गरेको आरोपमा इटहरीका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन् ।

इटहरी महानगरपालिका–९ मा कार्यरत अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो । घटनामा चौधरी संलग्न रहेको भन्दै अधिकारीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।  जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतले असोज ५ गते चौधरीलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । घटनापछि फरार रहेका चौधरीलाई प्रहरीले इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।