शुक्रबारसम्म मौसम बदली, असिना र मेघगर्जनसहित वर्षाको सम्भावना

शुक्रबारसम्म मौसम बदली, असिना र मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र चक्रवातको प्रभावका कारण शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी, मेघगर्जन र असिनासहितको वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही, पदयात्री र हिमाली जिल्लाको यात्रामा रहेका यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

साथै, धानबाली भित्र्याउने समय चलिरहेकाले भिज्न सक्ने जोखिमलाई ध्यानमा राख्दै किसानहरूलाई बेलैमा पूर्वतयारी गर्न र कृषि सुरक्षा अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।