काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रन बनाएर अलआउट भएको हो । लुम्बिनीको घातक बलिङसामु सुदूरपश्चिमको ब्याटिङ निरिह बन्यो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ र सैफ जैबले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।
पावर प्लेमै ४ विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमले खेलमा फर्काउन सकेन । ३.१ ओभरमा विनोद भण्डारी ९, ४.२ ओभरमा आरिफ शेख शून्य, ४.४ मा ब्राण्डन म्याकमुलन २ र ५.४ ओभरमा जैब १३ रनमा आउट भए । इशान पाण्डेले ७ र शेरफान रदरफर्डले १ रन बनाए । स्कट कुगेलिन र हेमन्त धामी शून्यमा आउट भए ।
लुम्बिनीका किशोर महतोले ४, शेर मल्लले ३ तथा स्याड्ली भान र तिलक भण्डारीले १–१ विकेट लिए ।

प्रतिक्रिया