काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
लुम्बिनीका लागि ओपनर डी आरसी शर्टले ४० रन बनाए । आसिफ शेखले ३२ रन र निरोशन डिकजेलाले ७ रन बनाए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ र सैफ जैबले १३ रन बनाए । अनिल खरेल १५ रनमा नटआउट रहे ।
लुम्बिनीका किशोर महतोले ४, शेर मल्लले ३ तथा रोहित पौडेल, स्याड्ली भान र तिलक भण्डारीले १–१ विकेट लिए । टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको थियो ।
भोलि हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स बेलुकी ५ बजे आमने सामने हुनेछन् ।

प्रतिक्रिया