टस जितेर जनकपुरले बलिङ रोज्यो

टस जितेर जनकपुरले बलिङ रोज्यो


काठमाडौं । एनपीएल ३ को तेस्रो खेल अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुँदै छ ।

अब केही समयपछि सुरु हुने खेलमा टस भइसकेको छ । जनकपुरका कप्तान हरमित सिंहले टस जितेर कर्णालाई पहिला ब्याटिङको निम्तो दिएका छन् ।

आज भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो । हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।