काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष मानबहादुर गुरागाईंले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
प्रदेश लोक सेवा आयोगको नेतृत्व सम्हाल्दै आउनुभएका गुरागाईंले दिएको अप्रत्याशित राजीनामालाई लिएर प्रदेश राजनीतिक तथा प्रशासनिक वृत्तमा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्। राजीनामाको स्पष्ट कारण नसकुले पनि आन्तरिक समन्वयको अभाव वा राजनीतिक समीकरणमा आएको बदलावलाई मुख्य कारणका रूपमा हेरिएको छ।
अध्यक्षको राजीनामासँगै आयोगका आगामी कार्यसूची, कर्मचारी भर्ना प्रक्रिया तथा परीक्षा सञ्चालनका कामहरू प्रभावित हुन सक्ने भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।

प्रतिक्रिया