एनपीएलमा विदेशी खेलाडीको विवाद चर्कियो: पाकिस्तान क्रिकेट बोर्डको ढिलासुस्तीले जनकपुर बोल्ट्स संकटमा

एनपीएलमा विदेशी खेलाडीको विवाद चर्कियो: पाकिस्तान क्रिकेट बोर्डको ढिलासुस्तीले जनकपुर बोल्ट्स संकटमा


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को टोली जनकपुर बोल्ट्सका स्टार पाकिस्तानी खेलाडीहरू इफ्तिखार अहमद र हुनेन शाह प्रतियोगिता नखेली फर्किने सम्भावना बढेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले नो अब्जेक्शन सर्टिफिकेट (NOC) नदिएपछि र अनुमति दिने कुनै सकारात्मक संकेत नदेखाएपछि जनकपुर बोल्ट्सले दुवै खेलाडीलाई टोलीमा नराख्ने तयारी गरेको छ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (CEO) निरोज खतिवडाका अनुसार बिहीबारसम्म पीसीबीको अन्तिम जवाफ पर्खिने र स्पष्ट निर्णय नआए उनीहरूलाई टोलीबाट हटाएर नयाँ विकल्प खोजिनेछ।

पीसीबीसँग फ्रेन्चाइजको प्रत्यक्ष संवाद हुन नसक्दा र अन्तिम समयमा आएर खेलाडी अनुपस्थित हुनुपर्दा टोलीको रणनीति र सन्तुलनमा ठूलो असर परेको खतिवडाले बताए।