‘एन्फा मुख्यालयको ताला फुटाइयो, वरिष्ठ उपाध्यक्ष खड्काको कडा कदम, आपत्कालीन केन्द्रीय समिति बैठक आह्वान

‘एन्फा मुख्यालयको ताला फुटाइयो, वरिष्ठ उपाध्यक्ष खड्काको कडा कदम, आपत्कालीन केन्द्रीय समिति बैठक आह्वान


काठमाडाै‌ । नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक विद्रोहले नयाँ मोड लिएको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत कार्यसमिति सदस्यहरूले एन्फा मुख्यालयको ताला खोलेका छन् र आपत्कालीन केन्द्रीय समिति बैठक डाकेका छन्।

म्याच फिक्सिङ र ठगी मुद्दामा मुछिएका अध्यक्ष पंकजविक्रम नेम्बाङले विधानबमोजिम २१ दिनसम्म पनि बैठक नडाकेपछि बहुमत सदस्यहरूले विधानको धारा ३१(२) को अधिकार प्रयोग गर्दै यो कडा कदम चालेका हुन्।

अध्यक्ष नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध गम्भीर कानुनी मुद्दा चलिरहेका बेला एन्फा मुख्यालयको ताला खुलेर बैठक डाकिनुलाई नेतृत्व विस्थापनको अन्तिम तयारीका रूपमा हेरिएको छ।