विराटनगर किंग्सले पावर प्लेमा ४१ रन बनायो

विराटनगर किंग्सले पावर प्लेमा ४१ रन बनायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध पावर प्लेमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।

कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

विराटनगरका लोकेश बम २० बलमा २७ रन बनाएर खेलिरहेका छन् । उनले ३ छक्का र १ चौका प्रहार गरेका छन् । शहान जयसूर्या क्रिजमा छन् ।

कर्णालीका सोमपाल कामी र मार्क वाटले १-१ विकेट लिएका छन् ।