राजादेखि दलसम्म अटाउने नयाँ प्रणाली नबनाए देश सधैंका लागि डुब्छः कमल थापा

राजादेखि दलसम्म अटाउने नयाँ प्रणाली नबनाए देश सधैंका लागि डुब्छः कमल थापा


काठमाडौं । राप्रपाका वरिष्ठ नेता कमल थापाले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्र पूर्णतः असफल भइसकेको दाबी गर्दै राजादेखि राजनीतिक दलहरूसम्म सबै शक्तिहरू समाहित हुन सक्ने नयाँ राजनीतिक व्यवस्था निर्माण गर्नुपर्ने जोडदार माग गरेका छन्।

वर्तमान व्यवस्थाले मुलुकमा भ्रष्टाचार, अस्थिरता र वैदेशिक हस्तक्षेप मात्र बढाएको आरोप लगाउँदै थापाले देश जोगाउन अभिभावकीय भूमिकामा रहने राजसंस्था र कार्यकारी निकायमा राजनीतिक दलहरू रहने प्रणाली अपरिहार्य भएको बताए।
नेता थापाले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूले मुलुकलाई बन्धक बनाएको टिप्पणी गर्दै जनता अब विकल्पको खोजीमा रहेको स्पष्ट पारे।

राजतन्त्र, हिन्दुराष्ट्र र प्रजातन्त्रलाई एकैसाथ जोडेर लैजाने सर्वपक्षीय खाका नबनाइए देशमा फेरि ठूलो राजनीतिक विद्रोह र आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिँदै उनले सबै देशभक्त शक्तिहरूलाई एकबद्ध हुन आह्वान गरेका छन्।