कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दै, थुनछेक बहस भोलि

काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोजनमा आज उनको बयान लिने काम सकिएको अदालतले जनाएको छ । अदालतका अनुसार, महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ ।अभियोजनमा उल्लेख भएको बयान अनुसार, उनले…