कांग्रेस महाधिवेशन : थारू सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ । तीनै पदको मतगणना भर्खरै सुरु भएको हो । मतगणनाबाट थारू क्लस्टरका सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरूको टुंगो लाग्नेछ ।