भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीप्रति दिएको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मन्त्री लम्सालले सार्वजनिक कार्यक्रममा व्यक्त गरेको “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु” भन्ने अभिव्यक्तिले निर्माण व्यवसायीहरूलाई आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको उल्लेख गरेको छ…