डिगोमा अब जिओहटस्टारका फिल्म र शो, मासिक शुल्क २४९ रुपैयाँदेखि

डिगोमा अब जिओहटस्टारका फिल्म र शो, मासिक शुल्क २४९ रुपैयाँदेखि


काठमाडौं । नेपालको ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी गर्दै भारतीय फिल्म, टेलिभिजन शो, रियालिटी कार्यक्रम तथा ओरिजिनल सामग्री उपलब्ध गराउन थालेको छ।  साझेदारीसँगै दर्शकले ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘भेडिया’ लगायतका फिल्म तथा ‘बिग बोस’, ‘कफी विथ करण’ जस्ता लोकप्रिय कार्यक्रम डिगोमार्फत हेर्न सक्नेछन्।

डिगोको मोबाइल प्लानको शुल्क एक महिनाका लागि २४९ रुपैयाँ, तीन महिनाका लागि ६९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ४९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, प्लस प्लानको शुल्क एक महिनाका लागि ३९९ रुपैयाँ, तीन महिनाका लागि ८९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ६९९ रुपैयाँ रहेको छ।

डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाका अनुसार यो सहकार्यले नेपाली दर्शकलाई भारतीय तथा नेपाली मनोरञ्जन सामग्री र अन्तर्राष्ट्रिय खेलकुद एउटै प्लेटफर्ममा उपलब्ध गराउनेछ।  डिगोले नेपाली फिल्मको संग्रहलाई समेत विस्तार गर्दै प्रत्येक साता नयाँ नेपाली फिल्म थप्ने जनाएको छ। दसैँको अवसरमा ‘लालीबजार’ सार्वजनिक गरिसकेको डिगोमा ‘मन बिनाको धन’, ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ पनि छिट्टै उपलब्ध हुने जनाइएको छ।