काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले जिल्ला विकास समितिको कार्यालय सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसहित ११ जनाको मुद्दा मङ्गलबार सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारबाट विशेष अदालत काठमाडौँमा दायर भएको…