चाडमात्रै होइन दसैँ, धार्मिक एवं पौराणिक मान्यता पनि छ

काठमाडौँ । सदिऔँदेखि नेपालीहरूको महान् पर्वका रूपमा दसैँ रहँदै आएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमी १० दिनसम्म हिन्दु धर्मावलम्बीले मनाउने पर्व नै दसैँ हो । नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णव धर्म, शैव धर्मसहित शात्तल धर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन रहेको देखिन्छ । दसैँ पर्व हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठुलो चाड भएकाले…