काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा मीन भवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ । २३ र २४ भदौमा जेन जेड आन्दोलन चर्किँदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा…