काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ । आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध…