कुकुरदेखि डराउ छाडे बाँदर, बाली जोगाउन कुरुवा बस्दै बित्छ दिन

बागलुङ । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन् । जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना…