खाेलाले कल्भर्ट भत्काउँदा ७ किलाेमिटर घुम्नुपर्ने बाध्यता

कञ्चनपुर । लामो समयदेखि मर्मत–सम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । २ दिनदेखिको अविरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । २६ वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले…