अमृतबहादुर राईले औपचारिक रूपमा सम्हाले परराष्ट्र सचिवको जिम्मेवारी

काठमाडौँ। अमृतबहादुर राईले आज औपचारिक रूपमा परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम(कामु) सचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेपछि उनले जिम्मेवारी ग्रहण गरेका हुन्। सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतका रूपमा सिफारिस गरिएसँगै राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो। लम्साल संसदीय समितिबाट अनुमोदन भई राजदूत नियुक्त भएपछि सरकारले राईलाई सचिवमा बढुवा गरेको…