तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पमा ५३ जनाको मृत्यु भएको छ । चीनको सरकारी अनलाइन सीजीटीएनले जनाएअनुसार भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर तिब्बतमा अहिलेसम्म ३८ जना घाइते भएका छन् । चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट…