मेयरदेखि रिसाएका जनप्रतिनिधिले नगरपालिकामै लगाइदिए ताला

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका जनप्रतिनिधिहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको, तर अहिलेसम्म नतिजा  प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ । करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत…