काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सात जिल्ला अधिवेशन तयारीमा जुटेको छ। एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको जानकारी दिएका छन्। उनका अनुसार बाँकी रहेका जिल्लाको अधिवेशन मंसीर महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ। डा. सुब्बाले गत जेठ मसान्तमा जिल्ला अधिवेशन…