सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई कास्की पुर्‍याइयो

काठमाडौँ - सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ । आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । कास्की प्रहरीका एक अधिकारीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ…