काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनबाट देशभर झण्डै ४४ हजार युवा नेतृत्वमा आएका छन् । कांग्रेसको नयाँ व्यवस्थाअनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताए । कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको पौडेलको भनाइ छ ।…