हिजो मन्त्रीको भाग पुगेन भन्ने गगनकाे स्टन्ट : कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऊँ

काठमाडौँ । आइतबार कांग्रेस रूपान्तरण अभियान बाग्मतीले आयाेजना गरेकाे विचार गाेष्ठी कार्यक्रममा महामन्त्री गगनकुमार थापाले अचम्मको कुरा गरे । उनले सरकारबाट पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने र माओवादीसहितको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरे । उनले भनेका थिए, ‘यो दुई–अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । प्रचण्डजी र त्यसपछि माधव नेपाल…