काठमाडौंका नदीहरूमा जलसतहले खतराको सीमा पार, २४ घण्टा भारी वर्षाको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तिब्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार…