काठमाडौं । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले दिलमायालाई अंश दिनुपर्ने फैसला गरेको छ। कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दिलमायाले २०७३ असोजमा दायर गरेको मुद्दामा अदालतले वादी र प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा नभएको भन्दै कुल पाँच अंशियार कायम गरेर…