गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वले सोमबार गौशालामा प्रदर्शन गरेको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रहरीले लाठी चार्ज गर्न थालेको छ । सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले…