४ महिनामा ५० करोड रुपैयाँकाे यार्सागुम्बा बाहिरीयो, सबैभन्दा धेरै हङकङ निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०८०र८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ…